घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको ह्वात्तै घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । बिहीबार ९२ सय ७ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँ तोकिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । बिहिबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।