आज भने घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज भने घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।  बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको जनाएको छ । महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।