बढ्यो सुनको मूल्य, बनायो नयाँ कीर्तिमान

बढ्यो सुनको मूल्य, बनायो नयाँ कीर्तिमान

काठमाडाैं । नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।  यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो । 

मंगलबार छापावाल सुन तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । आज तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार ९१ हजार ७ सय ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

आज चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।