लोक गायक साजन कुवँरको तीज गीतमा ‘बरी लै लै’ सार्वजनिक

लोक गायक साजन कुवँरको तीज गीतमा ‘बरी लै लै’ सार्वजनिक

काठमाडौं ।  नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा कलाकारले आफ्नो आफ्नो तीज सार्वजनिक गरिरहेका छन् । यसैक्रममा लोक गायक साजन कुवँरको तीज गीत ‘बरी लै लै’ सार्वजनिक भएको छ । गायक कुवँर र रञ्जना भण्डारीको स्वर रहेको गीतलाई हरीप्रसाद न्यौपानेले लेखेका हुन् । गीतमा यज्ञ सापकोटाको संगीत रहेको छ ।

गीतको भिडियोमा मोडल अज्जली अधिकारी र लोक गायीका टिका सानुले कम्मर मर्काएका छन् । उनीहरुलाई मानसिंह खड्का र पवन कुमारले साथ दिएका छन् । गीत टिका सानुको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतले सार्वजनिक भएको छोटै समयमा राम्रो चर्चा पाएको छ । गायक साजन कुवँरले गीतलाई राम्रो प्रतिक्रिया मिलेको बताए । युट्युवमा आएका शतप्रतिशत सकारात्मक कमेन्टले यहि क्षेत्रमा थप संघर्ष गर्न उत्प्रेरण मिलेको कुवँरले बताए । तीज लगत्तै आफ्नो अर्को लोकगीत बाँसको डोको सार्वजनिक गर्ने तयारीमा रहेको गाएक कुवँरले बताए । 

हेर्नुहोस् गीतको भिडियोः