फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ३ सयमा कारोबार भैरहेको छ।  

यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। 

सोमबार चाँदी प्रतितोलामा ५० रुपैँयाले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।