इंग्ल्याण्डविरुद्धको टी २० शृंखलामा न्यूजिल्याण्डको अग्रता

इंग्ल्याण्डविरुद्धको टी २० शृंखलामा न्यूजिल्याण्डको अग्रता

एजेन्सी : इंग्ल्याण्डविरुद्धको टी-२० शृंखलामा न्यूजिल्याण्डले २–१ को अग्रता बनाएको छ । पहिलो टी-२० जित्दै १–० को अग्रता बनाएको न्यूजिल्याण्ड दोस्रो टी-२०मा पराजित भएपछि इंग्ल्याण्डले सिरिज १–१ को बराबरीमा ल्याएको थियो । 

५ वटा टी-२० अन्तर्गत मंगलबार भएको प्रतियोगितामा न्यूजिल्याण्ड १४ रनले विजयी भएपछि शृंखलामा अग्रता कायम गर्न सफल भएको हो ।टस जितेर घरेलु टोली न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

१८१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड निर्धारित ओभरमा ७ विकेट गुमाएर १६६ रनमा रोकिन पुग्यो । चौथो टी-२० आउँदाे शुक्रबार हुनेछ ।