नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

काठमाडौं । नेपालमा भारतीय न्युज च्यानल रोक लगाइएको छ । नेपालविरुद्ध भ्रामक समाचार समाग्री प्रसारण गरेको भन्दै विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरूको प्रसारणमा रोक लगाउने निर्णय गरेका हुन् ।

आज (बिहीबार) बेलुकादेखि सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छन् । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि नेपालमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाउने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

उनका अनुसार भारतीय सञ्चारमाध्यमले नेपालको बारेमा अफबाह फैलाएका कारण बन्द गर्ने निर्णय गरिएको हो । उनीहरूले पछिल्लो समय प्रधानमन्त्री र चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा बन्द गराइएको हो ।