सरिता गिरीकाे ठाउँमा लीला सिटौलालाई सांसद बनाउने तयारी

सरिता गिरीकाे ठाउँमा लीला सिटौलालाई सांसद बनाउने तयारी

काठमाडौँ । सांसद सरिता गिरीलाई सांसद पदबाट फिर्ता बोलाएपछि समाजवादी पार्टीले लीला सिटौलालाई पठाउने भएको छ।

समाजवादीको खस आर्य महिला कोटाबाट सांसद बनेकी गिरीलाई फिर्ता बोलाएपछि उनीपछि समानुपातिक सूचीको रोलक्रममा रहेकी सिटौलाले अवसर पाउने भएकी हुन्।

समाजवादी पार्टीले मंगलबार गिरीलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो। समानुपातिक सांसद पदमुक्त भए बन्द सूचीमा रहेको रोलक्रमका आधारमा नियुक्त गर्न पाउने कानुनी व्यवस्था छ।

सरकारले नेपालकाे नयाँ अध्यावधिक नक्सा जारी गर्ने घाेषणा गरे लगत्तै देखि देशहित विरुद्ध बाेल्न थालेकी गिरीले सरकारले ल्याएकाे संविधान संशाेधन विधेयककाविरुद्ध संशाेधन दर्ता गराएकी थिइन् । गिरीकाे उक्त निर्णय फिर्ता लिन पार्टीले निर्देशन दिए पनि उनले नमानेपछि  पार्टीले उनलाई कारवाही गरेकाे हाे ।