फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको ९० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा सुनसँगै चाँखीको मूल्य पनि बढेको छ । 

मंगलबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी तोलामा ९४० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।