बझाङमा भीषण पहिरो: १७ घर बगायो, कम्तिमा ७ जना बेपत्ता

बझाङमा भीषण पहिरो: १७ घर बगायो, कम्तिमा ७ जना बेपत्ता

काठमाडौं । बझाङमा गए राति पहिरोले डेढ दर्जन घर बगाएको छ। केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा गयराति पहिरो गएको हो।

पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएपनि बाँकी क्षतिको विवरण प्राप्त नभएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बहादुर बमले जानकारी दिए।

स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सात जना बेपत्ता भएका जानकारी दिएका छन्। ‘ठूलो क्षतिको कुरा छ, हाम्रो टोली घटनास्थलमा जाँदै छ,’ डिएसपी बमले भने, ‘अहिले विस्तृत विवरण आइसकेको छैन।

घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको जानकारी उनले दिए। ‘स्थानीय जिउनीगाड नदीले सडक बगाएकाले घटनास्थलमा पुग्नै समस्या छ,’ उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेना घटनास्थलतिर जाँदै छन्।’