घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको हो । बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजाबी सुन शुक्रबार ९० हजार ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


चाँदी भने बिहीबार तोलामा ९५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ९४० रुपैयाँमा कारोबार भएको छ ।