प्रधानमन्त्रीले अस्पताल पुगेर भेटे अनशनरत युवा

प्रधानमन्त्रीले अस्पताल पुगेर भेटे अनशनरत युवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवाहरुलाई भेट्नु भएको छ ।

प्रधानमन्त्री ओली आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

भेटमा प्रधानमन्त्रीले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको उल्लेख गर्नुभएको थियो । पाटन दरबार स्क्वायरमा गत सातादेखि अनशन बसेका युवाहरुको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।