हिरासतमा आत्महत्या गरेका युवकले कसरी लेखे ‘सुसाइड नोट’ ?

हिरासतमा आत्महत्या गरेका युवकले कसरी लेखे ‘सुसाइड नोट’ ?

काठमाडौं । बलात्कार आरेपमा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका एक युवकले आत्माहत्या गरेका छन् । सिराहको औराही गाउँपालिका –३ का २४ वर्षीय युवक दुर्गेस यादवले बुधबार बिहान झुण्डिएर आत्महत्या गरेको प्रहरीको  दावी गरेको छ । 

हिरासतमा आत्महत्या गरेका यादवको साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ । ललितपुर परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार यादवले अस्पतालको बिलमा सुसाइड नोट लेखेर छाडेका छन् । हिरासतभित्र रहेका यादवलाई सुसाइड नोट लेख्न कलम कसले दियो ? प्रश्न उब्जिएको छ । 

परिवारका सदस्यका अनुसार सुसाइड नोटमा यादवले ‘म माथि जुन प्रकारको आरोप लगाइएको छ । मैले त्यो गरेको छैन । म त्यस्तो सोच्न पनि सक्दिनँ । मबाट हुनै सक्दैन । यस्तो आरोप लागेपछि मैले समाजमा कसरी मुख देखाउन सक्छु ? त्यसैले यो संसारबाट बिदा हुन चाहन्छु,’ उनले सुसाइड नोटमा लेखेका छन् । 

यादवको शव पोष्टमार्टमको लागि पठाइएको र रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान हुनेछ प्रहरीले बताएको छ । यादवमाथि एक महिलालाई मकैबारीमा बलात्कार गरेको आरोप लागेको थियो । यादव बलात्कारको मुद्दामा यही असार १४ गते ललितपुरको ग्वार्कोबाट पक्राउ परेका हुन् ।