सुनको मूल्य बढेर बन्यो नयाँ रेकर्ड,  कति पुग्यो तोलाको ?

सुनको मूल्य बढेर बन्यो नयाँ रेकर्ड,  कति पुग्यो तोलाको ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य बढेर एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनिरहेको छ । बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । सुनचाँदी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज सुनको मूल्यमा प्रति तोला ५ सय रुपैयाँ बढेको छ । 

मंगलबार ९१ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।  त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। मंगलबार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ९ सय ६० रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ।