टिकटकसहित ५९ चिनियाँ एप चलाउन भारतमा प्रतिबन्ध, यस्तो छ कारण

टिकटकसहित ५९ चिनियाँ एप चलाउन भारतमा प्रतिबन्ध, यस्तो छ कारण

काठमाडौं । भारतले टिकटकसिहत ५९ लोकप्रिय एपमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाइएका अधिकांश चिनियाँ एप हुन् । सुरक्षा संवेदनशीलता देखाउँदै भारत सरकारले ती चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । गलवान क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएपछि भारतमा चिनियाँ उत्पादन बहिस्कारको समेत माग हुँदै आएको थियो ।

सुरक्षाका कारण देखाउँदै गृहमन्त्री अमित शाहले एप प्रतिबन्धको निर्णयलाई सदर गरेका हुन् । निर्णय सदरसहित त्यहाँको सञ्चार मन्त्रालयले उक्त एपहरुमा प्रतिबन्ध लगाएको हो ।

टिकटकसहित वीच्याट, युसी ब्राउजर, सेयरइट लगायतका एपमा प्रतिबन्ध लगाइएको हो ।