सेयर कारोबार सुरु, खुलेको ३९ मिनेटमै लाग्यो सर्किट ब्रेक

सेयर कारोबार सुरु, खुलेको ३९ मिनेटमै लाग्यो सर्किट ब्रेक

काठमाडाैं । सेयर बजारमा कारोबार आजबाट सुरु भएको । नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत ११ गतेदेखि गरेको लकडाउनसँगै सेयर बजार पनि बन्द भएको थियो । तर लकडाउनको बीचमा वैशाख ३० र ३१ गते गुलेको थियो । त्यसपछि सेयर बजार पुनः बन्द भएको थियो ।

डेढ महिनापछि खुलेको सेयर कारोबार सुरु भएको एक घण्टा नबित्दै सर्किट ब्रेक भएको छ । ११ बजे सुरु भएको कारोबार ३९ मिनेटमा ४ प्रतिशतले घटेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।

यस अवधिमा नेप्से ४८ अंकले घटेर ११५३।४१ अंकमा कायम भएको छ भने बजारमा ८ करोड ४२ लाख कित्ता सेयर कारोबार भएका छन् ।