सुनको मूल्य बढेर बन्यो नयाँ रेकर्ड,  कति पुग्यो तोलाको ?

सुनको मूल्य बढेर बन्यो नयाँ रेकर्ड,  कति पुग्यो तोलाको ?

काठमाडौं । पछिल्लो समय सुनको मूल्य बढेर एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनिरहेको छ। आइतबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । सुनचाँदी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज  सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको छ । 

योसँगै अब छापावाल सूनको मूल्य ९१ हजार ३ सय पुगेको छ । यो अहिलेसम्म सुनको मूल्य सबैभन्दा महंगो हो । शुक्रबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य अब ९० हजार ८ सय ६० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ ।