कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।  बुधबार तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै बिहीबार छापावाल सुन तोलाको ९० हजार ६६५ रुपैयाँ रहेको छ ।  बिहीबार चाँदी भने तोलामा १० रुपैयाँ घटेको छ ।  बुधबार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ९३५ रुपैयाँमा कोरोबार भएको हो ।