सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको छ । मंगलवार प्रतितोला छापावाल सुनको मूल्य ९० हजार ६ सय रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यसैगरी बुधबार तेजावी सुन तोलामा ९० हजार ६६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी बुधबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको थियो ।