सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य घटेको छ । सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज भने ४ सय रुपैयाँले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९४० मा कारोबार भइरहेको छ । आइतबार पनि सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

आज चाँदी पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । पछिल्ला दिनहरुमा सुनको कारोवार न्यून भएपनि मूल्य भने आकासिरहेको थियो ।