सय रूपैयाँको नोट परिवर्तन हुँदै, नयाँ नोटमा लिम्पियाधुरा सहितको नक्सा राखिने

सय रूपैयाँको नोट परिवर्तन हुँदै, नयाँ नोटमा लिम्पियाधुरा सहितको नक्सा राखिने

काठमाडौं  । सरकारले लिम्पियाधुरा सहितको नेपालको निशान छाप परिवर्तन गरेपछि सय रूपैयाँको नयाँ नोट पनि परिवर्तन हुने भएको छ ।

अहिले भइरहेको सय रूपैयाँको नोटमा लिम्पियाधुरा भएको निशान छाप नभएकोले परिवर्तन गर्नु पर्ने भएको हो । अब सय रूपैयाँको नोट छाप्दा लिम्पियाधुरा सहितको नेपालको नक्सा राखिनेछ ।

यसैगरी, नागरिकता, पासपोर्ट, सांसदको लोगो, सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्सको लोगो पनि परिवर्तन गर्नुपर्ने भएको छ । लिम्पियाधुरा समेटिएको नक्सा राख्न संविधान संशोधन भएपछि नयाँ निशान छाप प्रयोगमा आएको हो ।