आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको  ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको  ?

काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य निरन्तर उकालाे लागिरहेकाे छ ।  आइतबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आज सोमवार एकै दिन ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदी आइतबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।