आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुन चाँदीको मूल्यले लगातार उकालो यात्रा तय गरिरहेको छ । लगातार बढिरहेको सुनको मूल्य आज (शुक्रबार) पनि तोलामा एक सय रूपैयाँले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार भने छापावाला प्रतितोला ८९ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार चाँदी मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।