नेपालले माल्दिभ्सलाई २–१ गोलले हरायो

नेपालले माल्दिभ्सलाई २–१ गोलले हरायो

काठमाडौँ : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपाल र माल्दिभ्सबीच पुरुष फुटबलको खेलमा नेपालले २(१ गोलले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालका लागि पहिलो गोल अभिषेक रिजालले गरेका हुन्। उनले खेलको ४४ मिनेटमा गोल गरेका थिए । खेलको १७ औँ मिनेटमा माल्दिभ्सले नेपालविरुद्ध गोल गरेको थियो। उसका इब्राहिम महुधी हुसैनले कर्नर किकमा गोल गरेका थिए। खेलको ५०‍औँ मिनेटमा नेपालका लागि अन्नत तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । पहिलो हाफ १(१ गोलको बराबरीमा टुंगिएको थियो।