विनाेध चाैधरीलाई मास्क अभाव !

विनाेध चाैधरीलाई मास्क अभाव !

काठमाडौं । काेेराेेना भाइरसकाे सन्त्रासका बीच जेठ १५ भित्र बजेट ल्याउनै पर्ने संवैधनिक बाध्यताले संघीय संसदकाे बजेट अधिवेशन सुरु भयाे । र अहिले चलिपनि रहेकाे छ । 

अधिवेशन सुरु हुनु अघि सांसदहरुकाे पीसीआर विधिबाट काेराेना परिक्षण पनि गरियाे । 

संसद सचिवालयले सबै सांसदहरुका लागि निर्देशिका पनि दियाे र भन्याे,"अवस्था ठिक छैन, सबैले स्वास्थ्य सचेतता अपनाइदिनु हाेला, संसद हल प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु हाेला।"

सांसदहरुले एक दुई दिन लगाए पनि । तर पछिल्लाे समय एकाध सांसदबाहेक खासैले लगाएकाे देखिँदैन । 

विहीबार पनि संसद भवन परिसरमा त्यस्तै देखियाे । 

 उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मास्क पनि लगाएका थिएनन् । 

बरु क्यामरा उ तर्फ साेजिँदा उ हाँसे, तर मास्क लगाएनन् । 

उहाँ जस्ताे अर्बपतिले मास्क अभाव भएर त नलाएकाे हाेइन हाेला !!