माल्दिभ्सविरूद्ध नेपालको दोस्रो गोल

माल्दिभ्सविरूद्ध नेपालको दोस्रो गोल

काठमाण्डौ : १३ औं दक्षिण एसिया खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा अनन्त तामाङले माल्दिभ्सविरूद्धको खेलमा दोस्रो गोल गरेका छन्। तामाङले ५२ औं मिनेटमा गोल गरेका हुन्।

यसअघि अभिषेकले ४३ मिनेटमा डिबक्सबाट उत्कृष्ट गोल गरेका थिए। त्यसअघि माल्दिभ्सका इब्रहाम हुसेनले १९ मिनेटमा अग्रता दिलाएका थिए। राउन्ड रोबिनको लिगमा चल्ने प्रतिस्पर्धामा नेपाल ४ अंकसहित दोस्रो स्थानमा रहेको छ।