काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई दिएको १५६ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन।
बंगलादेशले पूरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको नेपाल ४४ रनले पराजित भएको हो। नेपालले ९ विकेटको क्षतिमा जम्मा १ सय ११ रन मात्रै बनाउन सफल भयो। यस्तै महिला क्रिकेटतर्फ नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ।
पोखरा क्रिकेट मैदानमा खेल चलिरहेको छ। तीन खेलमध्ये १ मा जित र दुइमा हार ब्यहोरेर नेपाली महिला टीम अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। मालदिभ्स तीनै खेलमा हार ब्यहोरेर तालिकाको पुच्छारमा रहेको छ।