मोहम्मद अफतावले अदालतमा बयान दिदै

मोहम्मद अफतावले अदालतमा बयान दिदै

गौर: नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई बयानका लागि जिल्ला अदालत रौतहटमा उपस्थिति गराइएको छ । प्रहरीले आज (मंगलबार) बिहान ११ बजे अदालतमा उपस्थित गराएको हो । अहिले जिल्ला अदालत रौतहटका न्यायाधीश दिपक ढकालको ईजलासमा आलमको बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आलमविरुद्ध तयार परेको ८ सय १८ पेजको अनुसन्धान रिपोर्टसहित सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बुझाएको थियो ।जिल्ला अदालत रौतहटका अनुसार आमलको बयान सकिएपछि जिल्ला न्यायधिवक्ता खडिन्द्र राज कटुवालले बहस शुरु गर्ने छन् ।

त्यसपछि सहन्यायधिवक्ता सूर्य राज दाहाल, पर्सा जिल्ला न्यायधिवक्ता रुद्र प्रसाद पन्थी, उपन्यायधिवक्ता अर्जुन प्रसाद कोइराला र सहायक न्यायधिवक्ता राम प्रसाद उपन्थीले पीडित पक्षामा बहस गर्ने छ ।

हिजो सोमबार आलमसहितका व्यक्तिहरुलाई इट्टाभट्टामा दर्जनभन्दा बढी व्यक्तिहरुलाई जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर अपराध गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।