पाल्पाको तिनाउमा जिप खस्यो, ६ जना घाइते

पाल्पाको तिनाउमा जिप खस्यो, ६ जना घाइते

पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिरनजिबाट तिनाउ नदीमा मंगलबार दिउँसो जिप खसेको छ । जिपमा सवार ६ जना घाइते भएका छन् । प्रदेश ३–०१ च ४५२२ नम्बरकोको जिप तिनाउ नदीमा खसेको हो ।

घाइते हुनेहरूमा दया पाण्डे, बालकृष्ण बस्याल, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल र विनोद बस्याल छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । घाइतेहरू सबै तिनाउ गाउँपालिकाका टिपर व्यवसायी हुन् । 

घाइतेहरू सबैको सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका हुन् । उनीहरू सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।