सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको मूल्य सोमबार पुनः बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै सर्वाधिक हो।

गएको शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँ तोकिएको छापावाल सुन आइतबारसम्म सोही मूल्यमा किनबेच भएको थियो।  महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय ६५ रूपैयाँ पुगेको छ।

चाँदीको भाउ भने आज घटेको छ । आज चादीको तोलामा १० रुपैयाँले घटेर प्रति तोला ९२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।