जाने भयो सरिता गिरीको सांसद पद, पार्टी सदस्यबाट पनि हटाइने

जाने भयो सरिता गिरीको सांसद पद, पार्टी सदस्यबाट पनि हटाइने

काठमाडौं । जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने तयारी भएको छ । पार्टीले उनकोको सांसद पद पनि निलम्बन गरिने बताएको छ । 

सरकारले हालै पारित गरेका संविधान संशोधन विधेयकको विरुद्धमा एक्लै उभिएकी गिरीलाई पार्टीले संशोधनविरूद्धको प्रस्ताव फिर्ता लिन र पार्टीको ह्विप पालना गर्न चेतावनी दिएको थियो । तर पार्टीको निर्देशन अटेरी गरेका कारण उनलार्इ पार्टी सदस्य र सांसद दुवै नरहनेगरी कारबाही गर्न लागिएको हो।

समानुपातिक कोटाबाट सांसद बनेकी गिरीलाइ पटकपटक पार्टीको निर्णय मान्न अनुरोध गर्दा पनि अटेरी गरेको र सिंगो पार्टी संविधान संशोधनको पक्षमा उभिँदा एक्लैले मात्र विरूद्धमा प्रस्ताव दर्ता गराएको तथा संशोधन पक्षमा मतदान नगरी संसदबाट बाहिरिएको विषयमा पार्टीले कारबाही गर्ने निर्णय भएको स्रोतको दाबी छ । 

अहिले पार्टी नेताहरु प्रमुख उपेन्द्र यादव र डा. बाबुराम भट्टराई काठमाडौँबाहिर भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने बताइएको छ ।