जनकपुरमा ४ स्वर्णका लागि कुस्ती खेल आरंभ

जनकपुरमा ४ स्वर्णका लागि कुस्ती खेल आरंभ

धनुषा— १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत कुस्ती प्रतियोगिता जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको छ । मंसिर २० गते देखि २३ गतेसम्म आयोजना कुस्तीमा २० स्वर्णका लागि ५ देशका खेलाडी सहभागी हुँदै छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा पानसमा बत्ति बालेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।