नेपालको लागि आज ऐतिहासिक दिन, संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित

नेपालको लागि आज ऐतिहासिक दिन, संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित

काठमाडाैं । नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको छ।

शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए।

कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा २५८ मत परेको थियो भने विक्षमा ० मत परेको थियो । 

समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन्।