१३ औ साग : भारतमा रजत जितेका विकासलाई स्वर्ण

१३ औ साग : भारतमा रजत जितेका विकासलाई स्वर्ण

पोखरा : १३ औ दक्षिण एसीया साग खेलकुद अन्तरगत भारोत्तोलनतर्फ खेलाडी विकास थापाले यसपालि स्वर्ण हात पारेका छन् । शुक्रबार दिउँसो पोखरामा उनले ८९ केजी समूहमा स्वर्ण जितेका हुन् ।

यसअघि भारतमा भएको सागमा रजत जितेका थिए । स्न्याच १२३ तर्फ र क्लिन एन्ड जर्कमा १४६ गरी उनले कुल २६९ केजी भार उठाएका थिए ।

गत सागमा स्वर्ण जितेका कमलबहादुर अधिकारी कास्यमा सीमित भएका बेला विकासले स्वर्ण जितेर भारोत्तोलनलाई थप राहत दिएका छन् । रजत बंगलादेशले जित्यो भने पाकिस्तानका खेलाडी घाइते भएकाले यसमा कसैले पनि कास्य पाएन।