१३ औं साग : गल्फको पुरुष टिम इभेन्टमा नेपाललाई स्वर्ण

१३ औं साग : गल्फको पुरुष टिम इभेन्टमा नेपाललाई स्वर्ण

काठमाडौँ : काठमाण्डौमा जारी १३ औं दक्षिण एसियाली साग खेलकुद अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको छ ।

गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको प्रतिस्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो । नेपाली टोलीले कुल ८३८ अंक स्कोर गरेको थियो ।

यस प्रतिस्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् । बंगलादेशको टोलीले कुल ८५६ अंक स्कोर गरेको थियो भने श्रीलंकाली टोलीले कुल ८७८ अंक स्कोर गरेको थियो । नेपाली टोलीका सुभाष तामाङले व्यक्तिगत प्रतिस्पर्धामा पनि स्वर्ण जितेका थिए ।