आजदेखि सवारी साधन गुडाउन जाेर-विजाेर लागू, माेटरसाइकलमा दुई जना चढ्न नपाइने

आजदेखि सवारी साधन गुडाउन जाेर-विजाेर लागू, माेटरसाइकलमा दुई जना चढ्न नपाइने

काठमाडौं । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै आजदेखि सवारीसाधनमा जाेर विजाेर प्रणाली लागू भएकाेे छ ।

जोर–बिजोर नम्बर प्लेटका सवारी चलाउन पाउने नियम निजी प्लेटका सवारीमा मात्र लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

शुक्रबार जोर दिन भएकाले जोर नम्बर भएका निजी गाडी चलेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललिलपुरलाई एउटै जिल्ला मानेर जोर बिजोर प्रणाली लागू गरिएको छ । 

काठमाडौं उपत्यका बाहिर भने एउटा जिल्लाबाट सवारी लिएर अर्को जिल्लामा जान पाईंदैन ।  

निजी सवारी साधन जोर गतेमा जोर र विजोर गतेमा विजोर नम्बर भए मात्र चल्न पाउने ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भिम प्रसाद ढकालले जानकारी दिनुभयाे । 

सार्वजनिक सवारी साधन (कालो प्लेट) का बस, माईक्रो, ट्याक्सी र टेम्पो लगायत गाडी भाे चल्न पाउँदैनन् । जोर–बिजोर प्रणाली नियामक निकायबाट सवारी पास लिएका सवारी साधनको हकमा पनि लागू हुने महाशाखाले जनाएको छ । 

माेटरसाइकलमा भने दुई जना चढ‍्न पाइदैन, कार वा चार पाङ्ग्रे गाडीमा चालक बाहेक दुई जना राख्‍न पाइन्छ ।