आज एक हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज एक हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बिहीबार सुन तोलामा एक हजार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८८ हजार ६ सयमा कारोबार भएको सुन बिहिबार ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजावी सुन ८९ हजार १ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदीको मूल्य ९ सय ५० पुगेको महासंघले जनाएको छ । लकडाउनको लारण झण्डै साढें २ मअिना नेपालमा सुनको मुल्य तोकिएको थिएन । गत आइतबारबाट सुनको मुल्य नेपाल सुनचाँदी व्यवसायी महासंघ जारी गरेको थियो । त्यसयता लगातार मुल्यमा बृद्धि भैरहेको छ ।