भारतबाट आएकालाई क्वारेन्टाइनमा लैजादै गरेको टिपर कर्णालीमा खस्यो, ४० जना बेपत्ता

भारतबाट आएकालाई क्वारेन्टाइनमा लैजादै गरेको टिपर कर्णालीमा खस्यो, ४० जना बेपत्ता

कालिकोट । कालिकोट जिल्लाको कर्णाली कोरिडोरअन्तर्गत लालीघाट बजार नजिक टिपर दुर्घटनाग्रस्त भएको छ । भारतबाट आएकालाई क्वारेन्टाइनमा लैजादै गरेको टिपर कर्णाली नदीमा खसेको हो ।

टिपर कर्णाली नदीमा खस्दा करिब ४० जना बेपत्ता भएको चेम्बर अर्फ कमर्शका कालिकोटका अध्यक्ष हस्तबहादुर बमले बताए । उनका अनुसार टिपरमा भारतका विभिन्न ठाउँबाट आएका व्यक्तिहरू सवार रहेका थिए ।

उनीहरू कहाँकहाँका हुन् भन्ने खुलेको छैन । उनीहरूलाई सीमाबाट उद्धार गरेर क्वारेन्टाइनमा राख्नका लागि लिएर जाँदै गरिएको थियो ।