आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको मूल्य बुधबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ८८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ८७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा ८८ हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ८७ हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर बुधबार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।