१३ औं साग : आजबाट बक्सिङ, स्क्वास, फेन्सिङ र कुस्तीका खेल हुँदै

१३ औं साग : आजबाट बक्सिङ, स्क्वास, फेन्सिङ र कुस्तीका खेल हुँदै

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को प्रतियोगिता अन्तरगत छैटौं दिन आज विभिन्न १९ खेलहरू हुँदैछन् । सुरु इसकेका खेलले निरन्तरता पाउनेछन् भने बक्सिङ स्क्वास फेन्सिङ र कुस्तीका खेलहरु आजबाट सुरु हुदैछन् ।

बक्सिङ र स्क्वास सातदोबाटोमा हुदैछ । यस्तै आजदेखि सुरु हुने फेन्सिङ कीर्तिपुरको कभर्डहलमा सञ्चालन हुनेछ र कुस्ती जनकपुरमा सञ्चालन हुने भएको छ ।

यसबाहेक काठमाडौंमा एथ्लेटिक्स, पौडी, बास्केटबल, गल्फ, साइक्लिङ, क्रिकेट, सुटिङ, कबड्डी, टेबल टेनिस, टेनिसका खेलहरु पनि हुदैछन् । ब्याडमिन्टन, महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन बिच, भलिबल, आर्चरी र ह्याण्डबलका खेल पोखरामा हुदैछ ।

सातदोबाटोस्थित नेसनल कराँते एकेडेमीमा आजदेखि सुरु हुने बक्सिङमा पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीमा सुशील थापा, ६० केजीमा नील शाह, ६४ केजीमा भूपेन्द्र थापा मगर र ७५ केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गदैछन् ।