उदयराज सापकोटा र धनराज ज्ञवाली सचिवमा बढुवा, कहाँ भयो पदस्थापन?

उदयराज सापकोटा र धनराज ज्ञवाली सचिवमा बढुवा, कहाँ भयो पदस्थापन?

काठमाडौं नेपाल न्याय सेवा समूहका सहसचिवद्वय धनराज ज्ञवाली र उदयराव सापकोटा सचिवमा बढुवा भएका छन् । न्याय सेवा आयोगको सोमबारको बैठकले ज्ञवाली र सापकोटालाई सचिवमा बढुवा गरेको हो । 

सापकोटालाई बढुवापछि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरिएको छ । ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ । 

यस्तै, आयोगले ६५ नायब सुब्बालाई शाखा अधिकृतमा बढुवा गरिएको छ ।