साग महिला फुटबल : सावित्राको ह्याट्रिक संगै नेपाल फाइनलमा प्रवेश

साग महिला फुटबल : सावित्राको ह्याट्रिक संगै नेपाल फाइनलमा प्रवेश

काठमाडौं : नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा बिहीबार माल्दिभ्सलाई ३–० ले हराएपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधि नजिक पुगेको हो । नेपालका लागि सावित्राले ह्याट्रिक गरेकी थिइन् ।

पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । उनले १८ औं मिनेटमा पहिलो र २२ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् ।

पहिलो गोलले उनलाई नेपालको सर्वाधिक गोलकर्ता बनाएको छ ।भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ । तेस्रो पटक नै नेपाल र भारतबीच साग महिला फुटबलको फाइनल हुने भएको छ ।