करको म्यादबिरुद्ध सर्वोच्चमा रिट, सुनुवाई हुँदै

करको म्यादबिरुद्ध सर्वोच्चमा रिट, सुनुवाई हुँदै

काठमाडौं ।  आन्तरिक राजस्व कार्यलयले करदाताहरुलाई कर विवरण अनुसारको कर दाखिला गर्न जारी गरेको सुचनाको विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदैछ ।  आन्तरिक राजस्व कार्यालयले यही जेठ २० गते जेठ २५ भित्र कर बुझाउन दैनिक पत्रपत्रिका र बेवसाइट मार्फत् कर तिर्ने सुचना प्रकाशित गरेको थियो । यद्दपी चौतर्फी विरोध भएपछि बुधबार १५ दिन म्याद थपेको छ ।

राजस्व कार्यलयले निष्कासन गरेको सो सुचना सम्मानित सर्वोच्च अदालतले हालैमा गरेको अडबडको निकासको फैसला, बिबन्धनको सिद्धान्त, बैध निकासको सिद्धान्त, असल अभ्यास, प्रकृतिक न्याको सिद्धान्त र संविधानको धारा ३० र ३५ समेतको बर्खिलाप गरेको भन्दै रिट दायर गरिएको हो ।

 ‘यो सुचनाले कर कानुनका मान्य सिद्धान्त र बिधिशास्त्रीय मान्यता समेतको उलंघन गरेको छ’, अधिवक्ता सृजना अधिकारी भन्छिन्, ‘महाव्याधीबाट प्रताडित करदाता यो सुचनाबाट झन आहत भएका छन् ।’  रिट सीए शैलेन्द उप्रेती र अधिवक्ता सृजना अधिकारीले दायर गरेका हुन् । रिटको सुनुवाई आज हुने भएको छ ।