लकडाउनको मारमा जनता, भोकै परेपछि एक मजदुरद्वारा आत्महत्याको प्रयास

लकडाउनको मारमा जनता, भोकै परेपछि एक मजदुरद्वारा आत्महत्याको प्रयास

हेटाैँडा ।  मकवानपुरको हेटौंडा ४ का एक मजदुरले यसैसता हात्महत्याको प्रयास गरे।

छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए।

लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा हेटौंडाबाट शुभलक्ष्मी विश्वकर्माले लेखेकी छन्।

लकडाउनको कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बनेको छ।

विपन्नलाई सरकारले स्थानीय तहमार्फत राहत दिने निर्णय गरे पनि कतिपय ठाउँमा सेवा पुग्न नसक्दा उनीहरु मारमा छन्।