जेठ १९: राजा विरेन्द्रकाे बंश नाश भएकाे त्याे कालाे दिन...

जेठ १९: राजा विरेन्द्रकाे बंश नाश भएकाे त्याे कालाे दिन...

काठमाडौं । आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ।

२०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्यको हत्या भएको थियो।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्डकाे अहिले पनि सत्यतथ्य बाहिर आउन सकेको छैैन।

 त्यो कहालीलाग्दो क्षण अहिले पनि नेपालीको मानसपटलमा छ ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।