नवनियुक्त प्रदेश प्रमुखले शपथ लिए , कार्यक्षेत्रमा जाने बाटो खुल्यो

नवनियुक्त प्रदेश प्रमुखले शपथ लिए , कार्यक्षेत्रमा जाने बाटो खुल्यो

काठमाडौं सातै प्रदेशका प्रमुखहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । आज विहान शितलनिवासमा एक कार्यक्रमकाबिच राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । त्यसलगतै सत्तारूढ दलको सिफारिसमा प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त हुनुभएको थियो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित हुनुहुन्थ्यो ।शपथसँगै नवनियुक्त प्रदेश प्रमुखहरूलाई कार्यक्षेत्रमा गएर काम गर्न बाटो खुलेको छ ।