संविधान संशोधन विधेयक आज संसद्‌मा पेस हुँँदै, हाेला त पारित सर्वसम्मत ?

संविधान संशोधन विधेयक आज संसद्‌मा पेस हुँँदै, हाेला त पारित सर्वसम्मत ?

काठमाडौं । संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आज संसद्‌मा पेस हुने भएको छ ।

संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचीमा संशोधन विधेयक पनि राखेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्ने कार्यसूची छ ।

यसअघि गत बुधबारको कार्यसूचीमा परे पनि सो प्रस्ताव हटेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार केन्द्रीय समिति बैठकबाट संशोधन प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो ।