नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या सात पुग्यो

नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या सात पुग्यो

नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या सात पुगेको छ । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेकै अवस्थामा शनिवार विहान मृत्यु भएको थियो । 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले युवकको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको जनाएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । 

उनी दशदिन अघि भारतवाट फर्केका थिए । यसअघि सिन्धुपाल्चोक, बाँके, बारा, ललितपुर, अर्घाखाँची र गुल्मीका एक–एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ ।