नेपालमा संक्रमितको संख्या १ हजार ४ सय नाघ्यो, आजै भेटिए १८९ संक्रमित

नेपालमा संक्रमितको संख्या १ हजार ४ सय नाघ्यो, आजै भेटिए १८९ संक्रमित

काठमाडाैं । नेपालमा कोरोना संक्रमितको ग्राफ बढ्नेक्रम आज पनि जारी रह्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८९ जनामा कोरोना भाइरस देखिएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए।

संक्रमितमध्ये २१९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । जस्मध्ये पुरुष १७२ जना छन् भने ४७ जना महिला रहेका छन् । ६ जनाको निधन भैसकेको छ ।