कपिलवस्तुमा आजमात्र थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तुमा आजमात्र थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु । आज कपिलवस्तुमा थप ७७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ । थपिएका संक्रमितहरु महाराजगञ्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् । 

यस्तै कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ । यसैगरी यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ र २५,१९ बर्षका महिला २ जना मा पनि संक्रमणको पुष्टि भएको छ ।